Logo

नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण



काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरी, स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख सहयाेग रकम हस्तान्तरण गरेकाे छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते बैंकले प्रदान गरेकाे सो सहयाेग रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ ।

गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ । बैँकको प्रमुख कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका थिए ।

साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL