Logo

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात गर्ने पहिलो बैंक, ग्राहकले पाउनेछन यस्तो सुविधा

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात गर्ने पहिलो बैंक, ग्राहकले पाउनेछन यस्तो सुविधा



काठमाडौं । सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने भएको छ ।

laxmi

सानिमा बैंक यस्तो सेवा सुरु गर्न पहिलो बैंक भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आजबाट मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको छ ।

नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

यसका साथै खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL