Logo

सिटिजन्स बैंकको २ नयाँ शाखा स्थापना, शाखा संख्या ५६ पुग्यो

सिटिजन्स बैंकको २ नयाँ शाखा स्थापना, शाखा संख्या ५६ पुग्यो


बिजखबर संवाददाता
27
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको भैंसेपाटीमा र काठमाडौंको कुलेश्वरमा नयाँ शाखा स्थापना गरेको छ ।

ती शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उदघाटन गरे । बैंकले खरिद गरेको पिपुल्स फाइनान्सको त्रिपुरेश्वर शाखालाई कुलेश्वरमा स्थानान्तरण गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर यो शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । भूकम्पले क्षति पुगेको कलंकीको शाखा पनि कलंकीमै नयाँ भवनमा स्थानान्तरण गरि सञ्चालनमा ल्याइएको हो । त्यसैगरी पिपुल्स फाइनान्सको महावौद्ध शाखा पनि पुजापाठ गरेर मंगलबारदेखि बैंकले सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको शाखा संख्या ५६ पुगेको छ । बैंकका ४३ वटा एटिएम काउन्टर र ७१ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ४८ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे जानकारी दिइएको छ ।

बैंकले रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवालगायत सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिए ।

इ यसबीच बैंकले आफ्नो नवौं वार्षिक साधारण सभा र चौथो विशेष साधारण सभा असोज २८ गते आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL