Logo

नबिल बैंक र दराजबीच सहकार्य सम्झौता, सार्वजनिक गरे ‘सारथी’ योजना

नबिल बैंक र दराजबीच सहकार्य सम्झौता, सार्वजनिक गरे ‘सारथी’ योजना



काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामुले नेपालका साना तथा मझौला उद्यम ९एसएमई०लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंक र हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने अनलाइन स्टोर दराज नेपालले साना उद्यमलाई सहयोग गर्न सम्झौता गरेका हुन् ।

दुबैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएकँे छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामुका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले शाक्यले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड–१९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।’

त्यस्तै, दराज क्यामुका प्रबन्ध निर्देशकले भने, ‘सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड – १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL