Logo

राष्ट्र बैंकले भन्यो, स्टाण्डर्ड चाटर्ड बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत हुँदैन

राष्ट्र बैंकले भन्यो, स्टाण्डर्ड चाटर्ड बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत हुँदैन



काठमाडौं । स्टाण्डर्ड चाटर्ड बैंकले आफ्ना लगानीकर्ताका लागि प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत नहुने भएको छ ।

स्टाण्डर्ड चाटर्ड बैंक संचालक समितिले बैंठकले आफ्ना लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । तर, उक्त प्रस्तावमा बोनस र सेयर र नगद लाभांशको अनुपात नमिलेकाले स्टाण्डर्ड चाटर्ड बैंकले प्रस्ताव गरेको लभांश स्वीकृत नहुने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले लाभांश घोषणा गर्दा बोसर सेयर र नगदको अनुपात ७०ः३० को अनुपातभित्र रहनु पर्छ । तर स्टाण्डर्ड चाटर्ड बैंक संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस अनुसार नगद लाभांशको अनुपात ४० प्रतिशतभन्दा बढी हुन आउँछ ।

बैंक संचालक समितिले उक्त लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गरेपनि स्वीकृत नहुने भएको छ । ‘राष्ट्र बैंकको निर्देशनभन्दा बाहिर गएर हामीले कुनै पनि बैंकको लाभांश स्वीकृत गर्दैनौं,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘अहिले स्टाण्डर्ड चाटर्ड बैंक संचालक समितिले जुन अनुपातमा लाभांश प्रस्ताव गरेको छ त्यसलाई राष्ट्र बैंकले स्वीकृति दिँदैन ।’ स्टाण्डर्ड चाटर्ड बैंकले राष्ट्र बैंकको निर्देशनभन्दा बाहिर गएर लाभांश प्रस्ताव गर्नुनै गलत भएको उक्त स्रोतको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL