Logo

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा, शाखा संख्या ९२ पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा, शाखा संख्या ९२ पुग्यो



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको असनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमको आयोजना गर्दै असन शाखा संचालनमा ल्याएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL