Logo

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा, शाखा संख्या २६१ पुग्यो

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा, शाखा संख्या २६१ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।

laxmi

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २ सय ६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २ सय ६१ शाखा सञ्जाल सहित २ सय ३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय २९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL