Logo

सनराईज बैंकको दशैंलक्षित अफर,अनलाईन पेमेन्टमा स्मार्टफोन पाईने

सनराईज बैंकको दशैंलक्षित अफर,अनलाईन पेमेन्टमा स्मार्टफोन पाईने



काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौ अभियानलाई आत्मसाथ गर्दै सनराईज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले एफवान सफ्टसँगाको सहकार्यमा उक्त योजना ल्याएको हो ।

उक्त योजनाअन्र्तगत सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराईज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १ सय रुपैयाँ क्यासब्याक गर्ने व्यवस्था समेत गरेको छ । सनराइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमाग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५गते सम्मको लागी यो योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL