Logo

गभर्नरले गरे एनवीआईको भ्रमण,वित्तीय क्षेत्रको जनशक्ति तयार गर्न आग्रह

गभर्नरले गरे एनवीआईको भ्रमण,वित्तीय क्षेत्रको जनशक्ति तयार गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जिवि नेपालले वित्तीय क्षेत्रमा दक्ष जनशक्ति नभएको खण्डमा कुनै पनि बैंक तथा वित्तीय संस्था सबल सुद्धढ नहुने बताए । बुधवार नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड भ्रमणको अवसरमा यस्तो बताएका हुन् ।

सो अवसरमा उनले यस संस्थाको प्रगति विवरणको समीक्षा गर्दै नेपालमा बैंक तथा वित्तीय संस्थाको लागि दक्ष जनशक्ति उत्पादन गर्न पु¥याएको योगदानको कदर गर्दै यस संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । डा. नेपालले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई तालीम तथा वृत्ति विकासलाई गम्भीर रुपमा लिन आग्रह गरे । साथै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सबल बनाउन लागी परेको नेशनल बैंकिङ ईन्ष्टिच्युटलाई पूर्ण सहयोग गर्न सुझाए ।

डा. नेपालले नेशनल बैंकिङ ईन्ष्टिच्युट दिगो विकास तर्फको अग्रसरतालाई नेपाल राष्ट्र बैंकले संधै साथ दिने र आवश्यक सहयोग गर्ने जानकारी गराए । कार्यक्रममा संस्थाका अध्यक्ष शोभन देव पन्तले संस्थाले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्षता अभिवृद्धि गर्ने काममा निरन्तर लाग्ने बताए ।

सो कार्यलाई निरन्तरता दिने क्रममा ८सय भन्दा बढी कार्यक्रमहरुबाट बैंक तथा वित्तीय संस्थामा कार्यरत देशभरका १८ हजार भन्दा बढी लाई तालीम गरेको जानकारी दिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जिव सब्बाले संस्थाको विगत पाँच वर्षको प्रगति विवरण र कार्यक्रमका झलकहरु प्रस्तुत गरेका थिए ।

साथै आगामी दिनमा संस्थाले गर्न लागेको कार्यक्रम तथा गतिविधिहरु वारे पनि जानकारी गराए । कार्यक्रमको अवसरमा डा. नेपालले संस्थालाई पुर्याएको योगदानको कदर गर्दै निवर्तमान अध्यक्ष सशिन जोशीलाई सम्मान प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL