Logo

इन्भेष्टमेण्टले ३३ प्रतिशत बोनस सेयर दिँदै, राष्ट्र बैंकले लगायो नगद वितरणमा रोक

इन्भेष्टमेण्टले ३३ प्रतिशत बोनस सेयर दिँदै, राष्ट्र बैंकले लगायो नगद वितरणमा रोक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ असोज, काठमाडौं । नेपाल इन्मेष्टमेन्ट बैंकले आफ्ना सेयर धनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएको छ । केही समय अघि बैंकले नेपाल राष्ट्र बैंक समक्ष १८ प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांस दिन गरेको प्रस्ताव अस्वीकृत गरेपछि अन्तमा बोनस सेयर मात्र दिने निर्णय गरेको हो । यसैगरी बैंकले कर प्रयोजनका लािग १ दशमलव ७ प्रतिशत नगद लाभांस दिने भएको छ ।

बैंक संचालक समितिको ४ सय ४० औं बैंठकले बोनस सेयर दिने निर्णय गरेको हो । उक्त निर्णय बैंकले आजमात्रै नेपाल स्टक एक्सचेञ्जमा जानकारी दिएको छ । राष्ट्र बैंकले ल्याएको बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि योजना अन्तरगत नगद लाभांस वितरणलाई रोक लगाएपछि बैंक नगद लाभांस मात्र वितरण गर्न वाध्य भएको हो ।

यो पनि हेनुहोस ….

इन्भेष्टमेण्टको नगद लाभांस अस्वीकृति, बोनस सेयर दिन आग्रह

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL