Logo

बैंक अफ काठमाण्डुको चाडपर्ब योजना, घरायसी ईलेक्ट्रोनिक सामग्री किस्ताबन्दीमा पाईने

बैंक अफ काठमाण्डुको चाडपर्ब योजना, घरायसी ईलेक्ट्रोनिक सामग्री किस्ताबन्दीमा पाईने



काठमाडौं । बैंक अफ काठमाण्डुका ग्राहकले अब विभिन्न ईलेक्ट्रोनिक सामाग्रीहरुमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको हो ।

बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफुलाई आवश्यक सीजी, एलजी, गोद्रेज, टीसीएल, सेन्सेईलगायत ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

उक्त योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुल उक्त ब्राण्डका घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइृक्रोवेभलगायत सामाग्रीह किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

उक्त योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकलाई कुनैपनि ब्याज नलाग्ने बैंकले जानकारी दिएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र सीजी डिजिटल प्रालिबीच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकका ग्राहकहरुलाई सुविधा उपलब्ध हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL