Logo

सिटिजन्स बैंकको चरिकोट शाखा स्थानान्तरण,बिहीवार देखी नै सञ्चालनमा

सिटिजन्स बैंकको चरिकोट शाखा स्थानान्तरण,बिहीवार देखी नै सञ्चालनमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ असोज,काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दोलखाको चरिकोटस्थित शाखा कार्यालय वीचबजार चरिकोटमा स्थानान्तरण भएको छ । साथै बिहीवारदेखि नै भई नयाँ भवनबाट शाखा सञ्चालनमा आएको बताइएको छ ।

सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भूकम्पले क्षती गरेपनि चरिकोटमा बैंकले अस्थायी रुपमा समेत निरन्तर सेवा पु¥याउँदै आएको बताए ।
चरिकोटमा सिटिजन्स बैंकले २०६८ जेष्ठ २५ गतेबाट कारोबार सञ्चालन गर्दै आएको थियो । बैशाख १२ गते आएको भूकम्पका कारणले यस बंैकको शाखा रहेको भवन क्षतिग्रस्त भएको थियो ।

बैंकले निकट भविष्यमा ललितपुरको भैंसेपाटी, काठमाडौंको कुलेश्वर र झापाको दमकबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने तयारी गरेकोे छ । बैकले आफ्नो ९औं वार्षिक साधारण सभा असोज २८ गते काठमाडौंको कलिकास्थान स्थीत अमृत भोगमा सम्पन्न गर्ने बताएको छ । सभाले स्वीकृत गरेमा आफ्ना शेयरधनीलाई २१।०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १।०५ प्रतिशत नगद लाभांश) वितरण गर्ने जानकारी समेत बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL