Logo

लकडाउनमा ६१ प्रतिशत उद्योगहरु बन्द, १ चौथाई कामदारले रोजगारी गुमाए

लकडाउनमा ६१ प्रतिशत उद्योगहरु बन्द, १ चौथाई कामदारले रोजगारी गुमाए



काठमाडौं । पछिल्लो ६ महिनादेखि फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउका कारण ६१ प्रतिशत उद्योगहरु बन्द भएका छने । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनले बन्दबन्दीको कारणले ३५ प्रतिशत उद्योग व्यवसाय आशिंक रुपमा र ४ प्रतिशत उद्योगमात्र पूर्ण रुपमा सञ्चालन भएको देखाएको हो ।

लकडाउनका बेला सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरूमध्ये ९६ दशमलव ७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा ७३ दशमलव ८ प्रतिशत उत्पादन कारोबार घटेको सर्वेक्षणले देखाएको छ ।

कोरोाना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण करिब एक चौथाई कामदारले रोजगारी गुमाएको समेत प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशका उद्योग व्यवसायले करिब २२ दशमलव ५ प्रतिशत कामदार कटौती गरेका छन् ।
प्रतिवेदनका अनुसार ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौति गरेका छन्। त्यस्तै, रोजगारी गुमाउनेमध्ये करिब दुई तिहाई अस्थायी र करारका कर्मचारी र कामदार छन्।

सबैभन्दा धेरै घरेलु उद्योगका ३० दशमलव ५२ प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । यस्तै ५० करोडभन्दा धेरै स्थिर पुँजी भएका ठूला उद्योगका भने करिब १४ प्रतिशत कामदारले रोजगारी गुमाएको प्रतिवेदनले औंल्याएको छ ।

लकडाउनको अवधिमा औसतमा १८ दशमलव २ प्रतिशत उद्योग व्यवसायले कामदार तथा कर्मचारीको तलब कटौती गरेको अध्ययनले देखाएको छ। ठूला उद्योग व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL