Logo

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन, शाखा आठ घण्टा नै खोल्नुपर्ने

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन, शाखा आठ घण्टा नै खोल्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

उसले ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ । अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै खोल्नुपर्नेछ ।

कोरोनाको सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL