Logo

नुवाकोटमा खुल्यो प्रभुको शाखा, न्युरोडको शाखा कपनमा स्थानान्तरण

नुवाकोटमा खुल्यो प्रभुको शाखा, न्युरोडको शाखा कपनमा स्थानान्तरण


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२८ भदौ, काठमाडौं । प्रभु बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखा स्थापना गरेको छ । सोमबार एक कार्यक्रमबीच स्थानीय सभासद् बहादुरसिंह लामाले उक्त शाखाको उदघाटन गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले हालसम्म करिब २२ वटा हाईड्रोपावर कम्पनीहरुमा कर्जा लगानी गरिसकेको जानकारी दिए । साथै नुवाकोटमा रहेको हाइड्रोपावर तथा कृषि क्षेत्रको ठूलो संभावनालाई मध्यनजर गर्दै बैंकले शाखा विस्तार गरेको बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले बैंक स्थापनाले नुवाकोटको उद्योगी व्यवसायीलाई खुशी तुल्याएको बनाएको बताए । लामाले नेपाल चिन (रसुवागढी) नाका बिस्तार हुनै लागेकाले यस क्षेत्रमा बैंकको स्थापनाले थप आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताए ।

साथै कृषि क्षेत्रमा लगानी बढाउन पनि बैंकलाइ आग्रह पनि गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रहरी नायव उपरिक्षक सिद्धीविक्रम शाहलगायत उपस्थीत थिए । यसैगरी बैंकले काठमाण्डौको कपनमा पनि आजै देखि सञ्चालन हुने गरी अर्को शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गानाले बैंकको कपनस्थित शाखा कार्यालयको उद्घाटन गरे ।कार्यक्रममा बैंकका अध्यक्ष श्री देवी प्रकाश भट्टचन, संचालक श्री ऋषिराम गौतम तथा बैंकका उच्च व्यवस्थापकहरुको उपस्थीत थिए ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका शाखा कार्यालयहरु मध्ये न्युरोडस्थित शाखालाई स्थानान्तरण गरी कपन शाखा र चितवनस्थित शाखालाई स्थानान्तरण गरी नुवाकोटको बट्टार शाखा विस्तार गरिएको हो ।
बैंकका १ सय १२ वटा शाखा र १ सय ९ वटा एटिएम सञ्चालनमा छन् ।

बैंकले २०७२ आसार मसान्तसम्ममा ४५ अर्ब निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ३ करोड खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL