Logo

नेपाल एसबिआई बैंकको नाफा १ अर्व माथी, व्याज आम्दानीमा बृद्धि

नेपाल एसबिआई बैंकको नाफा १ अर्व माथी, व्याज आम्दानीमा बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२७ साउन, काठमाडौं । आर्थिक वर्ष २०७१/७२ मा नेपाल एसबिआई बैंकले १ अर्व रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले सो आवमा १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दे विलिनियर क्लवमा प्रवेश गरेको छ । सो नाफा आव २०७०/७१ को तुलनामा १४ करोड रुपैयाँले बढी हो । सो आवमा बैंकले ९२ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले व्याज आम्दानीमा पनि उच्च बृद्धि गरको छ । गत आवमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ ब्याद आम्दनी गरेको छ । यो आम्दानी आव २०७०/७१ को तुलनामा ३० करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले गत आवसम्ममा ५१ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL