Logo

प्रभुको एकै दिन तीन शाखा सञ्चालनमा, बैंकिङ सुविधा सहजै उपलब्ध गराउने उदेश्य

प्रभुको एकै दिन तीन शाखा सञ्चालनमा, बैंकिङ सुविधा सहजै उपलब्ध गराउने उदेश्य


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१५ साउन,काठमाडौं । प्रभु बैंक लिमिटेडले शुक्रबारदेखि तीन नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले नेपालगञ्ज, टाँडी र तुल्सीपुरका शाखालाई बाँकेको कोहलपुर, लमजुङको बेशीशहर र सुर्खेतको वीरेन्द्रनगरमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो । बैंकले मर्जरका क्रममा दोहोरिएका शाखा स्थनान्तरण गरेको बताएको छ ।

शुक्रवार कोहलपुर शाखाको उदघाटन बैंकका विशेषज्ञ सञ्चालक ऋषिराम गौतमले गरे । त्यस्तै बेसीशहर शाखाको बैंकका संस्थापक रामबहादुर पाण्डे र वीरेन्द्रनगर शाखाको उदघाटन संचालक पुष्पबहादुर प्रधानले गरे ।

ती शाखाबाट स्थानीय जनता, उद्योगी, व्यापारी लगायतले आफनो आवश्यकता अनुसारका बैंकिङ सेवा तथा सुविधा प्राप्त गरी आफ्नो व्यवसाय प्रवद्र्धनमा विशेष फाइदा लिन सक्ने बैंकको विश्वास छ । साथै ती क्षेत्रका ग्राहकले सरल, सहज र सुलभ रुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL