Logo

अब नचल्ने भयो पुराना भारु, मंसिर १५ गते भित्र फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

अब नचल्ने भयो पुराना भारु, मंसिर १५ गते भित्र फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ साउन,काठमाडौं । नेपालमा पुराना भारतीय रुपियाँ नचल्ने भएको छ । नेपाल राष्ट्र बैकले हालै सूचना जारी गरी बैंक तथा वित्तीय संस्था र सर्वसाधारणस“ग सन् २००५ भन्दा अघि छापिएका सबै दरका भारु नोट फिर्ता गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले आगामी मंसिर १५ गते भित्र सन् २००५ भन्दा अघि छापिएका भारु नोट फिर्ता गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भारतिय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबिआई) को आग्रहमा उक्त निर्देशन दिएको बताएको छ । आरबिआईले सन् २०१५ जुन २५ तारिखमा सूचना जारी गरी सन् २००५ भन्दा अघि प्रकाशन भएका सबै नोट फिर्ता गर्न सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

ती नोट फिर्ता गर्न डिसेम्बर ३१ तारिख(०७२ पुस १५ गते) सम्म म्याद दिइएको छ । त्यस्तै सो मिति भन्दा पछि आएका त्यस्ता नोट आरबिआइले स्वीकार नगर्ने जानकारी दिएको छ । त्यसैले आरबिआईलाई समयमै पुराना नोट बुझाउन राष्ट्र बैंकले त्यसको १ महिना अघि डिसेम्बर १ तारिख ( मंसिर १५ ) भित्र आफ्ना कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।

सन् २००५ भन्दा अघि छापिएका नोटमा सुरक्षासम्बधी विशेषता कम भएकाले धेरै नक्कली नोट बजारमा आएको पाइएकोले त्यस्ता नोट नियन्त्रण गर्ने उद्देश्यले आरबिआइले यस्तो रणनिती लिएको हो ।
आरबिआईले पछिल्ला केही वर्ष यता पुराना नोट फिर्ता गर्ने प्रक्रियालाई निरन्तरता दिदै आएको छ ।

त्यस्तै नेपालमा केही समय अघिदेखि मात्र भारु ५ सय र एक हजारका नोट प्रचलनमा आएका हुन् । यसले गर्दा पनि नेपालमा विगतमा चलनचल्तिमा रहेका पुराना नोट बजारबाट झिक्न आरबिआइले पुनः सूचना जारी गरेको हो ।

अहिले नेपालमा २००५ भन्दा अघि छापिएका नोट निकै कम मात्र रहेको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले बताए । नेपालले आयात गर्ने नोट सबै नया“ हुने भएकाले एक दशक पहिले छापिएका नोटको संख्या निकै कम रहेको उनले जानकारी दिए ।

अहिले नेपाल राष्ट्र बैंकले आरबिआइबाट वार्षिक भारु ६ अर्ब सम्म आयात गनृ सक्छ । मुद्रा आयात गर्दा १ सय र त्यसभन्दा कम दरका नोट ल्याउने गरिन्छ । त्यसले मुद्रा ढुवानी लागत बढी लाग्दै आएको छ । त्यसैले पछिल्लो समयमा ५ सय र १ हजार दरका नोट आयात गर्न सक्ने व्यवस्था गर्न राष्ट्र बैंकले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL