Logo

नेप्सेमा ‘ए’ वर्गमा थपिए ९ कम्पनी, एउटा मात्र कम्पनी ‘बी’ वर्गमा

नेप्सेमा ‘ए’ वर्गमा थपिए ९ कम्पनी, एउटा मात्र कम्पनी ‘बी’ वर्गमा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९ वटा कम्पनी ‘ए’ वर्गमा थप भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फालिएपछि संसोधनका लागि निवेदन दिएका ९ कम्पनी ए वर्गमा थपिएका हुन् । शुरुमा सनराइज बैंकमात्र ‘ए’ वर्गमा परेकोमा संसोधनपछि सिटिजन, ग्लोबल आइएमई, माछापुच्छ्रे, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, नेपाल एसबिआई, एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंक थपिएका छन् ।

गएको कार्तिक ७ गते वर्गिकरणको सूचि सार्वजनिक गरेको नेप्सेले सूचीकरण विनियमावलीअनुसार उक्त वर्गिकरणमा संशोधन गर्नुपर्ने भएमा प्रमाणसहित दाबी पेश गर्न भनेको थियो ।

त्यसपछि कम्पनीहरूले संशोधनका लागि दिएको प्रमाणका आधारमा ति कम्पनी थपिएको नेप्सेले जनाएको छ । पछिल्लो सूचि अनुसार एउटामात्र कम्पनी ङादी पावर कम्पनी ‘बी’ वर्गमा परेको छ। नेप्सेका अनुसार ‘जी’ वर्गमा ३६ र ‘जेड’मा १७० वटा कम्पनी छन् ।

सुशासन कायम नगर्न नसक्ने, तोकिएको समयभित्र साधारणसभा नगर्ने, लाभांस वितरण गर्ने, नियमित रूपमा संस्थागत सूचना प्रवाह नगर्ने कम्पनीहरू जेडमा पर्छन्। नेप्सेले लगानीकर्ताहरूलाई लगानी गर्न सहज होस भनेर कम्पनीहरुको वर्गिकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL