Logo

इन्भेष्टमेण्ट बैंकद्वारा राहत कोषमा १ करोड हस्तान्तरण, राहत सामग्रीमा डेढ करोड सहयोग

इन्भेष्टमेण्ट बैंकद्वारा राहत कोषमा १ करोड हस्तान्तरण, राहत सामग्रीमा डेढ करोड सहयोग


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

२ असार, काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले सो रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । बैंकले महाभुकम्प प्रभाबितहरुको सहयोगार्थ सो रकम राहत कोषमा हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पनि उपस्थिती थियो ।

भूकम्प प्रभावितहरुको सहयोगार्थ बैंकले यस अघि १ करोड ६० लाख बराबरको जस्तापाता, त्रिपाल, लत्ताकपडा तथा खाद्यान्नहरु भूकम्प प्रभाबित क्षेत्र धादिङ, काभ्रेपचान्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, लमजुङ, मकवानपुर तथा नुवाकोट लगायतका जिल्लाहरुमा वितरण गरेको थियो । बैंकले विगत १० वर्षदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा विभिन्न खाले सेवा पुर्याउँदै आएको छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले महाभूकम्पबाट ध्वस्त भएको युनेस्कोबाट विश्व सम्पदामा सुचिकृत केही सम्पदाहरु पुनः निर्माण गर्न सहयोग एवं पहल गर्ने दृढता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL