Logo

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्दै, निक्षेपको आकार १ खर्ब १२ अर्ब पुग्ने

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्दै, निक्षेपको आकार १ खर्ब १२ अर्ब पुग्ने



काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि हुनेछ । गण्डकी विकास बैंकको सेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने बैंकले जानकारी दिएको छ ।

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको छ । हालको शाखा संख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL