Logo

राहत कोषमा एनआईसी एसियाले दियो साढे २५ लाख, ५ सय २५ परिवारलाई राहत वितरण

राहत कोषमा एनआईसी एसियाले दियो साढे २५ लाख, ५ सय २५ परिवारलाई राहत वितरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० जेठ, काठमाडौं । एनआईसी एशिया बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले उक्त रकम बरावरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तानन्तरण गरेका थिए ।

यसैगरी एनआईसी एशिया बैंकको सस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्न एनआईसी एशिया फाउन्डेसनले भुकम्प प्रभावित बिभिन्न जिल्लाका ५ सय २५ परिवारहरुलाई राहत स्वरुप १० लाख रुपैयाँ छुट्टयाएको छ । सो मध्ये धेरैजसो रकम वितरण गरिसकेको जानकारी दिएको छ ।

उक्त फाउन्डेशनले बैंकका कर्मचारीहरुसँगको सहकार्यमा काठमाण्डौँ उपत्यका र आसपासका भुकम्प प्रभावित क्षेत्रहरुमा सरसफाई जागरण अभियान समेत सञ्चालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL