Logo

ज्योति बैंकको शाखा पोखराको तालचोक र लेकसाईडमा, ७ स्थानबाट एटिएम सेवा

ज्योति बैंकको शाखा पोखराको तालचोक र लेकसाईडमा, ७ स्थानबाट एटिएम सेवा



काठमाडौं । ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाईडमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

साथै बैंकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगंज गरी ७ स्थानमा नयाँ एटिएम समेत सञ्चालनमा ल्याएको छ ।

बैंकले ९७ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ३२ एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ । बैंकले २७ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १९ हजारभन्दा बढि ऋणी मार्फत २४ अर्ब ५० करोड रुपैयाँ बढि लगानी गरेका छन । बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL