Logo

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच सम्झौता, भलिबलको प्रायोजनमा बैंकको सहयोग

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच सम्झौता, भलिबलको प्रायोजनमा बैंकको सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच एक सम्झौता भएको छ । बुधबार उक कार्यक्रमका बीच पांचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले हस्ताक्षर गरेका हुन ।

२०७६ र २०७७ सम्मको लागि २४ लाख रुपैंया प्रदान गर्ने गरि दुई वर्षको लागि भएको सो सम्झौता पछि राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडी आरबीबी–एनभिए नाम राख्नु पर्ने छ ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडी बढ्ने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL