Logo

मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता, मेगा बैंकमार्फत युनाईटेडको निर्जीवन बीमा सेवा

मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता, मेगा बैंकमार्फत युनाईटेडको निर्जीवन बीमा सेवा



काठमाडौं । मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सोमबार मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकले विश्वास लिएको छ ।

ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट युनाइटेड इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL