Logo

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता, बैंकका शाखा मार्फत डिम्याट खाता

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता, बैंकका शाखा मार्फत डिम्याट खाता



काठमाडौं । कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटल मार्केटबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण शाखामार्फत डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन । साथै २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।

बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटलका प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

बैंकले ८४ शाखा तथा ३९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेट तथा मोबाईल बैंकिङ सिआश्वा लगायतका सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL