Logo

मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओमा बज्राचार्य नियुक्त, बैंकिङ क्षेत्रमा १८ बर्षे अनुभव

मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओमा बज्राचार्य नियुक्त, बैंकिङ क्षेत्रमा १८ बर्षे अनुभव



काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्यलाई नियुक्त गरेका छन ।

laxmi

त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्यले मुक्तिनाथ विकास बैंकमा आउनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको १८ वर्षको अनुभव रहेको छ ।

बैंकले १ सय १४ शाखा, २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैकान्स्योरेन्स, आस्वा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हालै मात्र क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL