Logo

रावा बैंकको नाफा ४ अर्व, खराव कर्जा घट्यो

रावा बैंकको नाफा ४ अर्व, खराव कर्जा घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आवको पुस मसान्तसम्ममा ४ अर्व ६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । सो नाफा गत वर्षको तुलनामा झण्डै ३ अर्व रुपैयाँले बढी हो । बैकले गत आवको सोही अवधिमा कुल १ अर्व २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले सो अवधिमा खराव कर्जा दर पनि घटाएको छ । गत आवको सो अवधिमा बैंकको खराव कर्जा कुल कर्जाको ४ दशमलव ७७ प्रतिशत रहेकोमा चालू आवको सोही अविधमा आइपुग्दा ३ दशमलव ५३ प्रतिशतमा झारेको छ ।

यस्तै बैंकले कर्जा निक्षेप अनुपात पनि बढाएको छ । गत आवको चैत मसान्त सम्ममा बैंकको कर्जा निक्षेप अनुपात ५३ दशमलव ७४ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा ६७ दशमलव १० प्रतिशतमा पुर्याएको छ ।

हालसम्म बैंकले १ खर्व ३ अर्व रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्व ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL