Logo

मौद्रिक नीतिको नौं महिने समिक्षा, ब्याजदर स्थायित्व कायम राख्न खुला बजार कारोबारलाई सक्रिय बनाईने

मौद्रिक नीतिको नौं महिने समिक्षा, ब्याजदर स्थायित्व कायम राख्न खुला बजार कारोबारलाई सक्रिय बनाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैैंकले मौद्रिक तरलताको प्रभावकारी व्यवस्थापनमार्फत अल्पकालिन ब्याजदरलाई उपयुक्त स्तरमा राखी ब्याजदर स्थायित्व कायम गर्न खुला बजार कारोबारलाई थप सक्रिय बनाउने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । वित्तीय विस्तार तथा समावेशीकरण, प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा विस्तार तथा समग्र वित्तीय स्थायित्व कायम गर्ने विषयमा केन्द्रित रही वित्तीय नीतिको प्रभावकारिता वृद्धि गर्दै लगिने भएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुको असन्तुलित बैंकिङले लगानीयोग्य साधनमा दवाब सिर्जना गरी वित्तीय स्थायीत्व प्रभावित हुनसक्ने मौद्रिक नीतिको समिक्षाले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुँदा लगानीयोग्य साधनमा दबाब कायमै रहेको र जसका कारण वित्तीय स्थायित्व प्रभावित हुनसक्ने जोखिम यथावत नै रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अर्थतन्त्रको विद्यमान अवस्थालाई दृष्टिगत गर्दा वित्तीय स्थायित्व कायम राख्दै वित्तीय समावेशीकरण, वित्तीय साधनको सन्तुलित वाँडफाँट तथा सरल एवम् सुरक्षित भुक्तानी प्रणालीको विकास गर्ने कार्यमा केन्द्रीत हुनुपर्ने आवश्यकता देखिएको समेत राष्ट्रबैंकले निश्कर्ष निकालेको छ ।

साथै चालू आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमा भित्रै रहने भएपनि चालू खाता तथा शोधनान्तर स्थिति घाटामा रहनुले राखिएका लक्ष्य प्रभावित हुनसक्ने केन्द्रीय बैंकको विश्लेषण छ ।

राष्ट्रबैंकले यस अघि तय गरेको मौद्रिक नीतिको लक्षित कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा बैंकदर लगायत पुनरकर्जा दर सम्बन्धी व्यवस्थालाई यथावत कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL