Logo

सिभिल बैंक र लिडरशिप एकेडेमी नेपालबीच सम्झौता, कर्मचारीको दक्षता अभिवृद्धि हुने

सिभिल बैंक र लिडरशिप एकेडेमी नेपालबीच सम्झौता, कर्मचारीको दक्षता अभिवृद्धि हुने



काठमाडौं । सिभिल बैंकले लिडरशिप एकेडेमी नेपालसँग सहकार्य गर्नका लागि सम्झौता गरेको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले उक्त कम्पनीसँग सहकार्य गर्न सम्झौता गरेको हो ।

राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन, अमेरिकासंग अनुबन्धित ‘लिडरशिप एकेडेमी नेपाल’ मानव संशाधानको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो । तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि उक्त संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र संस्थाको तर्पmबाट सिईओ अरुण जोशीले सम्झौता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL