Logo

ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्जर हुँदै, बिहीबार भयो सम्झौता

ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्जर हुँदै, बिहीबार भयो सम्झौता



काठमाडौं । प्राईम बैंकसँग मर्जर सम्झौता तोडेको ओम डेभलपमेन्ट बैंकले एनएमबी बैंकसँग मर्जर गर्ने भएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै एनएमबी बैंक सँग मर्जर सम्झौतामा हस्ताक्षर गरेको हो । उक्त मर्जरपछि बैंकका शाखा संख्या १ सय ६३ पुग्नेछन भने कर्मचारी संख्या भने १ हजार ५ सय पुग्ने बताईएको छ ।

दुई बैंकहरुबीच भएको एमओयूमा एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस ओमका शेयरधनीहरुलाई दिने र त्यसपछि डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो निर्धारण हुने भएको छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका छन । कर्मचारी समायोजनमा विबाद भएपछि प्राईम बैंकसँग मर्जरको सम्झौता तोडेको ओम डेभलपमेन्ट बैंकले प्रति सेयर ७५ रुपैयाँका दरले ओमलाई दिनेगरी मर्जर गरेको हो । प्राईम बैंकले भने ओम डेभलपमेन्ट बैंकलाई साढे ८२ रुपैयाँका दरले प्राप्ति गर्न खोजेको थियो ।

हाल एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । ओमको भने दुई अर्ब ५१ करोड रुपैयाँ छ । स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ । त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL