Logo

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंक, शाखा संख्या २१९ पुग्यो

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंक, शाखा संख्या २१९ पुग्यो



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले सुनसरी जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित पानवारीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।

पानवारीसँगै बैंकको शाखा संख्या २ सय १९ पुगेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २ सय १९ वटा शाखा कार्यालय, १ सय ७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL