Logo

कामना सेवा विकास बैंक र एशियन लाईफबीच सम्झौता, बैंकका शाखा मार्फत जीबन बीमा

कामना सेवा विकास बैंक र एशियन लाईफबीच सम्झौता, बैंकका शाखा मार्फत जीबन बीमा



काठमाडौं । कामना सेवा विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ८३ शाखा तथा ३७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेट, मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL