Logo

कामनाको मोबाईल बैंकिङ सेवा, खानेपानीको बिलदेखि स्कुल फि सम्म बुझउन सकिने

कामनाको मोबाईल बैंकिङ सेवा, खानेपानीको बिलदेखि स्कुल फि सम्म बुझउन सकिने



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै विविध विशेषताहरु सहित परिमार्जीत, आधुनिक र सरल मोबाईल बैंकिङ सेवा प्रयोगमा ल्याएको हो ।

हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि ‘मोबाईल बैंकिङ भि५’ सेवा सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।

सेवा प्रयोगकर्ताहरुले बायोमेटिक लगईन, क्युआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न लगायतका काममा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL