Logo

सेञ्चुरीको नाफा १० करोडले बढ्यो, व्याज आम्दानीमा उच्च बृद्धि

सेञ्चुरीको नाफा १० करोडले बढ्यो, व्याज आम्दानीमा उच्च बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१० बैंशाख, काठमाडौं । सेञ्जुरी बैंकले आफ्नो नाफामा उच्च बृद्धि गरेको छ । बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल १६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० करोड रुपैयाँले बढीले हो । बैंकले गत आवको सो अवधिमा ६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खूद व्याज आम्दानी बृद्धि तथा खराबकर्जा उठेपछि नाफा बढेको हो । सो अवधिमा बैंकले ४७ करोड ८६ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत अवाको सो अवधिमा उक्त आम्दानी २८ करोड रुपैयाँ मात्र रहेको थियो ।

यस्तै, बैंकले चालू आवमा खराव कर्जा पनि उठाएको छ । झण्डै २ करोड रुपैयाँ खराव कर्जा उठेको बैंकद्वारा सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७८ दशमलव ८१ प्रतिशतमा पुगेको छ ।

सो अवधिमा बैंकले २३ अर्व ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL