Logo

कण्ट्रि डेभेलपमेण्टको नाफा १९ प्रतिशत घट्यो, तरलतामा समस्या

कण्ट्रि डेभेलपमेण्टको नाफा १९ प्रतिशत घट्यो, तरलतामा समस्या


रामराजा श्रेष्ठ
27
Shares

विजखबर संवाददाता

८, वैशाख, काठमाडौं । यो आर्थिक वर्षको पहिलो ९ महिनामा सू कण्ट्रि डेभेलपमेण्ट बैंकको नाफा १९ दशमलव १८ प्रतिशत (४३ लाख २१ हजार रुपैयाँ) घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको चैत मसान्तसम्म जम्मा १ करोड ८० लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । गत वर्ष यस अबधिमा कम्पनीले २ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्षको तुलनामा निष्कृय कर्जाको दर झण्डै दोब्बर भएपछि प्रोभिजनीङमा ठूलो रकम थप्नु परेको र गत वर्ष राइट ब्याक उठेपनि यो वर्ष शुन्य स्तरमा रहेका कारण बैंकको नाफा घटेको देखिन्छ । बैंकले सञ्चित कोषको आकार पनि घटाएको छ भने उच्च व्याजमा कर्जा उठाइरहेको छ ।

बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेकाले बैङ्कमा तरलता व्यवस्थापन गर्न समस्या देखिन थालेको वित्तीय विवरणले देखाउँछ । उसले हालको अवस्थामा साढे ९ प्रतिशतसम्म व्याज तिरेर कर्जा आकर्षित गर्न खोज्नुले बैंकमा तरलता समस्या चुलिएको प्रस्ट्याउँछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL