Logo

सिटिजन्स बैंक नवौं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तरगत १२ लाख सहयोग

सिटिजन्स बैंक नवौं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तरगत १२ लाख सहयोग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ बैंशाख, काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल नवौं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिक उत्सवको अवसरमा वैंकले रक्तदान कार्यक्रम गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गरेको छ ।

बैंकको वार्षिक उत्सवको अवसरमा ५५ जनाले रक्तदान गरेका छन् । सो अवसरमा ५ जनाले आफ्नो मृत्यु पश्चात आँखा दान गरेका छन् भने ६ जनाले मृगौंला दान गरेका छन् ।

सो अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आरोग्य फाउण्डेशनलाई १ लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी गरिव, पिछडिएको तथा जेहेन्दार १० जना विद्यार्थीका लागि छात्रबृत्ति प्रदान गरेको छ । बैंकले माथिल्लो डोल्पामा पिछडिएका बालवालिकालाई शिक्षा प्रदान गर्न ‘स्नो याक फाउण्डेशन’ लाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदाान गरेको छ । बैंकले शान्तिनगरस्थित निःसहाय सेवा सदनमा रहेका ५० जना बृद्धबृद्धालाई भोजन गराएको छ ।

यस्तै, बैंकले खेदकुदमा सहयोग पुर्याउने उद्देश्य अनुरुप ‘सिटिजन्स गल्फ टुर्नामेन्ट’ र ‘सिटिजन्स लन टेनिस टुर्नामेन्ट’को समेत आयोजना गरेको छ । बैंकले उक्त खेलको लागि ९ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । आफ्नो वार्षिक उत्सवको अवसरमा बैंकले खेलकुद र सामाजिक उत्तरदायित्वमा गरी १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

बैंकले वार्षिक उत्सवकै अवसर पारेर ‘सिटिजन्स इण्टरबैंक फुटसल टुर्नामेण्ट’ समेत संचालन गरेको थियो । जसमा सिभिल बैंकले पहिलो स्थाना हासिल गरेको छ । यस्तै, सनराइज बैंक द्धितिय भएको थियो भने इन्भेष्टमेन्ट बैंकले तेस्रो स्थान हासिल गरेको थियो ।

समाजमा बैंकिङ सम्बन्धी जनचेतना फैलाउने उद्देश्य अनुरुप आज विहान प्रभातफेरी समेत आयोजना गरेको यियो । कमलादीस्थित बैंकबाट शुरु भएको प्रभातफेरी घण्टाघर, दरवारमार्ग, हात्तिसार हुँदै पुनः बैंक प्राङ्गणमै आएर अडिएको थियो ।

हाल बैंकको ४७ वटा शाखा रहेका छन् भने ४३ वटा एटीएम काउण्टर रहेको छ । हालसम्म बैंकले ३ लाख ३५ हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा ३० अर्व ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८ अर्व ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।सो अवधिमा बैंकले ८१ करोड २९ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो भने ४५ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL