Logo

मेगाको धमाका बोनान्जा मुद्दती खाता, ६५ र १ सय २० दिने अफर

मेगाको धमाका बोनान्जा मुद्दती खाता, ६५ र १ सय २० दिने अफर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१८ चैत,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा धमाका बोनान्जा मुद्दति खाता संचालनमा ल्याएको छ ।

यो योजनाअन्र्तगत ६५ दिने र १ सय २० दिने दुई वटा अफर छन् । जसमध्ये ६५ दिने मुद्दति खातामा ६ प्रतिशत बार्षिक ब्याजको रकम ६५ दिनमा भुक्तानी पाइन्छ । त्यस्तै १ सय २० दिने मुद्दति खाता खोलेमा ६ दशमलव ५ प्रतिशत बार्षिक ब्याजको भुक्तानी १ सय २० दिनमै पाइने बताइएको छ ।

मुद्दति निक्षेपको अवधि समाप्तीस‘गै सावा तथा ब्याजको रकम आफ्नो ब्याज आर्जित खातामा स्वतः जम्मा हुने बैंकले जानकारी दिएको छ । न्यूनतम मौज्दात २ लाख रुपैंया रहेको यो योजना व्यक्तिगत खाताका लागि लागू हुने बताइएको छ ।

यसैगरी, ग्राहकले निःशुल्क रुपमा एससीटी डेबिट कार्ड, चेकबुक, अनलाइन बैंकिङ सुविधा, एकाउन्ट स्टेटमेन्ट, एबीबीएस सुविधा प्राप्त गर्न सक्नेछन् । यो खाता मेगा बैंकको देशभर छरिएका २८ वटा शाखाबाट खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL