Logo

तिलगंगालाई स्ट्याण्डर्ड चाटर्डको ५५ लाख सहयोग, ग्रामिण क्षेत्रमा आँखा शिविर सञ्चालन गरिने

तिलगंगालाई स्ट्याण्डर्ड चाटर्डको ५५ लाख सहयोग, ग्रामिण क्षेत्रमा आँखा शिविर सञ्चालन गरिने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१७ चैत,काठमाडौं । स्टान्डर्ड चार्टड बैंकले तिलगंगा आँखा अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रामिण तथा अर्धशहरी क्षेत्रमा आँखाको शल्यक्रिया सञ्चालन गर्नका लागि सो सहयोग गरेको हो ।

सो सहयोगबाट अस्पतालले दुई स्थायी आँखा केन्द्र निर्माण गर्ने बताइएको छ । सो रकम भक्तपुरको सामुदायिक आँखा केन्द्र र आवधिक शल्य चिकित्साका लागि नुवाकोट जिल्लामा खर्च गर्ने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले विद्यालयमा प्रशिक्षण कार्यक्रम गरी आँखा हेरविचारको सचेतना जगाउने, आधारभूत आँखा हेरविचारमा ७ सय ५० प्राथमिक विद्यालय शिक्षक तालिमजस्ता कार्यक्रम सञ्चालन गर्ने छ ।

मंगलबार बैंकमा आयोजित एक कार्यक्रममा चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यूसुफ सिल्भानसले परियोजनाका प्रवन्धक नवीन राईलाई चेक हस्तान्तरण गरेका हुन ।

सो अवसरमा सिल्भानसले तिलगंगा, निषेध अन्धो व्यवहार लागि संसारमा वर्ग सुविधाको काम गर्न सम्मानित गरेको बताए । यो सहयोगले अन्धो रोगको न्यूनिकरण गर्न सघाउ पुर्याउने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL