Logo

बैंकरहरु भन्छन्, बैंक राम्रो भएपछि मात्र वित्तीय स्थायित्व, राम्रा कामलाई निरन्तरता दिन खतिवडाको आग्रह

बैंकरहरु भन्छन्, बैंक राम्रो भएपछि मात्र वित्तीय स्थायित्व, राम्रा कामलाई निरन्तरता दिन खतिवडाको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ चैत, काठमाडौं । बैंक आफै सक्षम भएपछि मात्र वित्तीय स्थायित्व हुने बैंकरहरुले बताएका छन् । वित्तीय स्थायित्व हुनका लागि सम्बन्धित वैकको अवस्था पनि राम्रो हुनुपर्ने नेपाल बैंकर्श एशोसियशनका उपाध्यक्ष तथा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘बैंकको आम्दानी राम्रो नभइ सुधार हुन सक्दैन,’ एशोसियशनद्वारा आयोजित निवर्तमान गभर्नरको विदाइ तथा नवनियुक्त गभर्नरको स्वागत कार्यक्रममा उनले भने, ‘तसर्थ बैंकहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाइदिनुपर्छ ।’

कार्यक्रममा एशोयिसनका अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपाल राष्ट्र बैंकले नियमन नभई सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्ने बताए । बैंकहरु आफैले नियम बनाएर नियमन गर्ने बताउँदै आगामी दिनमा राष्ट्र बैंकले वाणिज्य बैंकहरु सुधारका लागि निर्देशन जारी गरिरहन नपर्ने जानकारी दिए ।

कार्यक्रममा नवनियुक्त गभर्नर डा. चिरञ्जीवी नेपालले ग्राहकहरुको विश्वासलाई जोगाइराख्न आग्रह गरे । ‘बैंकमा विश्वास गरेर आज जनताले डिपोजिड गरेका छन्,’ उनले भने, ‘यदि तपाइहरुले व्यक्तिगत स्वार्थमा लागे नराम्रो काम गर्नुभयो भने जनताका सम्पूर्ण पैसा डुब्नेछ ।’ साथै, राष्ट्र बैंक र वाणिज्य बैंकको उद्देश्य एउटै भएकोले आगामी दिनमा पनि सहयोग गरेर सँगै अघि बढ्न आग्रह गरे ।

यस्तै, निवर्तमान गभर्नर डा. युवराज खतिवडाले भने आफुले गरेका राम्रा कामलाई निरन्तरता दिन नवनियुक्त गभर्नर डा. नेपाललाई आग्रह गरे । आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रलाई धेरै सुधार गरेको बताउँदै आगामी दिनमा त्यस्तो समस्या नपर्ने जानकारी दिए । राष्ट्र बैंक सरकारको सल्लाहकार भएको बताउँदै सानातिना विषयमा अल्झिएर बस्न नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL