Logo

बैंकिङ साक्षरतामा भिवोर, टोखाका वासिन्दालाई दिइयो बैंकबारे जानकारी

बैंकिङ साक्षरतामा भिवोर, टोखाका वासिन्दालाई दिइयो बैंकबारे जानकारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

७ चैत,काठमाडौं । भिवोर विकास बैंकले काठमाडौंको टोखा तथा आसापासका बासिन्दाहरुलाई बैकिंङ सेवाको जानकारी दिएका छन् । शनिवार र्याली तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरी नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘वित्तिय साक्षरता कार्यक्रम’ मा सहभागिता जनाएको छ ।

राष्ट्र बैंकले २०१५ मार्च ९ देखि १७ लाई‘‘ग्लोबल मनि विक’को रुपमा मनाउने निर्णय गरेको थियो ।

टोखा बजार क्षेत्रका स्कूलका विद्यार्थीहरु भगवती क्लबका सदस्यहरु तथा त्यस क्षेत्रका वासिन्दाहरुलाई बैंक तथा वित्तिय संस्थाको बारेमा जानकारी दिएको थियो ।

सो कार्यक्रममा बैंकको परिचय तथा यसले गर्ने कार्यहरु, निक्षेपका प्रकारहरु, बचतको महत्व, रेमिटेन्स सेवा, कर्जा उपयोग गर्ने प्रकृयाहरुका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल लगायतले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL