Logo

एभरेष्टले दियो विद्यालयलाई कम्युटर,शिक्षामा सहयोग गर्ने बैंकको प्रतिबद्धता

एभरेष्टले दियो विद्यालयलाई कम्युटर,शिक्षामा सहयोग गर्ने बैंकको प्रतिबद्धता


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२ चैत,काठमाडौं । एभरेष्ट बैंकले सर्लाही बलराको ग्रामिण स्थानमा रहेको श्री रामसखी मोहित सिहं जनता उच्च माध्यमिक विद्यालयलाई कम्प्युटरहरु सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर सहयोग गरेको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कमलेश्वर कुमार सिन्हालाई उतm कम्प्युटरहरु हस्तान्तरण गरे । उतm कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले, बैंक पिछडिएको क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

बैंकले शिक्षाको साथसाथै स्वास्थ्य, खेलकुद लगायत अन्य आवश्यक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । बैंकले हाल आफ्ना ५३ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL