Logo

प्राइमले ल्यायो इन्टरनेशनल ट्रावल कार्ड, विदेश जानेका लागि उपयोगी

प्राइमले ल्यायो इन्टरनेशनल ट्रावल कार्ड, विदेश जानेका लागि उपयोगी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ फागुन, काठमाडौं । प्राइम कमर्सियल बैंकले इन्टरनेशनल ट्रावल कार्ड संचालनमा ल्याएको छ । बैंकले ‘प्राइम भिसा इन्टरनेशनल ट्रावल कार्ड’ मार्फत आफ्नो सेवा शुरु गरेको हो ।

यही बुधबारदेखि सो सेवा शुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले जानकारी दिए । उक्त सेवा शुरु भएसँगै प्राइमको सो कार्डबाट विदेश जाँदा डलर झिक्न सकिनेछ । यो प्रिपेड डलर कार्ड हो ।

विशेषगरी विदेश जाने व्यक्तिको लागि लक्षित गरी सो सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ । भारत वाहेकका अन्य देशमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ । यस कार्डमार्फत जुनसुकै देशका भिसा नेटवर्क भएका एटीएम तथा पीएओएस ट्रमिनलबाट कारोवार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL