Logo

२० अर्बको पूर्वाधार विकास बैंक खोल्न राष्ट्र बैंकले दियो स्वीकृति

२० अर्बको पूर्वाधार विकास बैंक खोल्न राष्ट्र बैंकले दियो स्वीकृति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनमा लागि स्वीकृति प्रदान गरेको छ । लामो समयदेखि प्रक्रियामा रहेको पूर्वाधार विकास बैंक स्थापनका लागि नेपाल राष्ट्र बैंकको बिहीबार बसेको बोर्ड बैंठकले स्वीकृति प्रदान गरेको हो ।

पूर्वाधार विकास बैंक स्थापना गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको र अब प्रवद्र्धले कुल रकमको ४५ प्रतिशत रकम जम्मा गरेर खोल्न सक्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । केही समय अघि राष्ट्र बैंकले लगानीकर्ताको सम्बन्धमा कुनै उजुरी भएमा १५ दिनको समय दिएर सुचना प्रकाशित गरेको थियो । सो सम्बन्धमा कुनै गुनासा तथा उजुरी नपरेपछि राष्ट्र बैंकको बोर्ड बैठकले स्वीकृति प्रदान गरेको हो ।

यसैगरी पूर्वाधार विकास बैंक प्रवद्र्धक इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले अब ४५ प्रतिशत रकम जम्मा गरेर लेटर अफ इन्ट्रस्ट (एलओआई)का लागि प्रक्रिया अघि बढाउने जानकारी दिए । ‘एलओआई लिनका लागि संस्थापकतर्फको कुल १२ अर्ब रुपैयाँको ४५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आफुहरुसँग सो रकम भएको र केही समयभित्रै जम्मा गरेर अलओआईका लागि प्रक्रिया अघि बढाउने छौं ।’ प्रवद्र्धक इमर्जिङ नेपालले संस्थापकको ४५ प्रतिशत अर्थात ५ अर्ब ४० करोड रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । कुल २० अर्ब चुक्ता पूँजी रहेको सो बैंकमा संस्थापकका साथै स्वदेशी तथा विदेशी बहुराष्ट्रिय कम्पनीको समेत लगानी भित्र्याईने छ ।

पूर्वाधार विकास बैंक स्थापनाका लागि इमर्जिङ नेपालको नेतृत्वमा आइएमई ग्रूप, गोल्छा अर्गनाइजेशन, विशाल ग्रूप रहेका छन् । यसैगरी, बाणिज्य बैंकमा एनआईसी एसिया बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोवल आईएमई बैंक र सिद्धार्थ बैंक रहेको छ । अन्य बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी र अन्य व्यवसायीक घरनाको संलग्नता रहेको उनले जानकारी दिए । सो बैंक स्थापना भएसँगै पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी, ठूला परियोजना संचालन, कुनै परियोजनका लागि रकम जुटाउने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL