Logo

प्राइम बैंकको साधारणसभाले पारित गर्यो २७ प्रतिशत बोनस, संचालकमा गजेन्द्र विष्ट निर्वाचित

प्राइम बैंकको साधारणसभाले पारित गर्यो २७ प्रतिशत बोनस, संचालकमा गजेन्द्र विष्ट निर्वाचित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको साधारणसभाले २७ प्रतिशत बोनस सेयर पारित गरेको छ । बैंकको आज भएको १० औं वार्षिक साधारणसभाले गत आर्थिक बर्षका नाफाबाट आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरको हो ।

बोनस सेयर पारितसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा माथी पुगेको छ ।

यसैगरी बैंकको आजै भएको साधारणसभाले सर्वसाधारणतर्फको संचालक चयन गरेको छ । सर्वसाधारणतर्फको संचालकमा गजेन्द्र विष्ट निर्वाचित भएको बैंकद्घारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL