Logo

बिराटचोकमा खुल्यो सिभिल बैंकको शाखा

बिराटचोकमा खुल्यो सिभिल बैंकको शाखा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल बैंकले मोरङको बिराटचोकमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको मर्जरसँगै ईटहरीमा भएको दुई शाखा मध्येको एक शाखालाई बिराटचोकमा स्थानान्तरण गरेको हो ।

बैंकको सो शाखाको सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको साथै सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखीआफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै सोही अनुरुप आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्ने समेत उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL