Logo

प्रभुको नयाँ शाखा मनमैजुमा, मंगलबारदेखि कारोबार शुरु

प्रभुको नयाँ शाखा मनमैजुमा, मंगलबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले काठमाडौंको मनमैजुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले उक्त शाखा कार्यालयको उद्दघाटन गरे ।

प्रभु बैंक र साविक ग्राण्ड बैंक नेपाल विचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित प्रभुको शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो ।

मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन गरिएको छ ।

यसले बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL