Logo

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित, खेलकुदमा पुर्याएको योगदानको कदर

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित, खेलकुदमा पुर्याएको योगदानको कदर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सम्मान गरिएको छ । राष्ट्रपति बिद्या देवी भण्डारीले सम्मान पत्र यस बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेललाई ग्रहण गरेका हुन् ।

बैंकले खेल जगतको विकासमा सहयोग गरेको भन्दै सम्मान गरेको हो ।

बैंकले खेल जगतको उत्थानका निम्ति हरेक वर्ष सिटिजन्स अन्तरबैंक फुटसल प्रतियोगिता, सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता गर्दै आएको छ । नेपाली खेलाडीहरुको मनोवल बढाउने उदेश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नंङशल तामांगलाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदानगरी बैंकमा कर्मचारीकोरूपमा पनि नियुक्त गरेको छ ।

हालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले रू ३ लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिगमा चितवन टाइगर्स टोलीलाई रू १० लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । यस किसिमको गरिमामय सम्मान प्राप्त गर्ने पहिलो बैंकको रुपमासटिजन्स बैंक इन्टरनेसनल लिमिटेडरहेको छ ।

भविष्यमा पनि बैंकले खेलको विकासका निम्ति निरन्तर सहयोग गर्ने कुरा बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL