Logo

सिभिल बैंकका अध्यक्ष तामाङलाई गभर्नरले खुवाए सपथ

सिभिल बैंकका अध्यक्ष तामाङलाई गभर्नरले खुवाए सपथ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिभिल बैंकका नवनियुक्त अध्यक्ष इच्छाराज तामाङलाई सपथ खुवाएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहीबार एका कार्यक्रमकाबीच तामाङलाई सपथ खुवाएका हुन् ।

बैंक संचालक समितिको यही पुस ३ गते बसेको २३३ औं बैठकले उनलाई अध्यक्षमा नियुक्त गरको थियो । उनले बिहीबार सपथ खाएसँगै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै तामाङले बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई मध्यनजर गर्दै आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै जाने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको सेवा तथा पहुँच विस्तार गर्दै व्यवसाय अभिबृद्धिमा केन्दिैत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL