Logo

एनआईसी एशियाले पायो एकैपटक २ अवार्ड

एनआईसी एशियाले पायो एकैपटक २ अवार्ड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड प्राप्त गरेको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रतर्फको ‘ बेष्ट व्राण्ड अवार्ड’ र ‘बेष्ट इमप्लोयर ब्राण्ड अवार्ड’ प्राप्त गरेको हो ।

वल्र्ड एचआरडी कंग्रेस, इमप्लोयर व्राण्डिङ इन्ष्टिच्युट एण्ड स्टार्स अफ द इन्डष्ट्रि ग्रुपदारा आयोजित नेपाल बिएफएसआई एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ मा कार्यक्रममा सो अवार्ड दिइएको हो ।

अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागि थिए ।

कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो । यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पु¥याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।

यस बैंकले १४९ शाखा कार्यालयहरु र १४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL